Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्लेन नै डिले गराउने शाहरुखका छोरा थप ३ दिन हिरासतमा, अन्तर्राष्ट्रिय ड्रग्स माफियासँग सिधा सम्पर्क

    प्लेन नै डिले गराउने शाहरुखका छोरा थप ३ दिन हिरासतमा, अन्तर्राष्ट्रिय ड्रग्स माफियासँग सिधा सम्पर्क

    अनलाइन नेपाल
  • सोमबार, १८ असोज २०७८
  • 3.9K
    SHARES

    एजेन्सी – बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खानको समस्या थप बढेको छ। उनी ७ अक्टोबरसम्म एनसीबीको हिरासतमा रहने भएका छन्।

    एनसीबी रिमाण्डमा आर्यन खानमा तस्वीरुहो रुपमा आपत्तिजनक वस्तुहरु मिलेको बताइएको छ। एनसीबी ११ तारिखसम्म हिरासतमा राख्ने अनुमति मागेको थियो। उनको फोनमा पिक्चर च्याटका रुपमा केही लिङ्कहरु भेटिएको छ जसको कनेक्सन अन्तर्राष्ट्रिय ड्रग्स माफियासम्म जोडिएको बताइएको छ।



    कसरी पक्राउ परे आयर्न ?



    मुम्बईबाट गोवा जाँदै गरेको क्रुज शिपमा लागुऔषध भेटिएपछि उनलाई पक्राउ गरिएको थियो। नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का अधिकारीले शाहरुखका छोरा आर्यनसमेत अन्य आरोपीसँग लामो सोधपुछ गरेपछि पक्राउ गरेका हुन्।

    यसो आर्यन खानको नामबाट क्रुज शिपमा कुनै कोठा बुक गरिएको थिएन तर आयोजकले आर्यन खान र अरबाज मर्चेन्टका लागि एउटा भिन्न कम्प्लिमेन्ट्री कोठा राखिदिएका थिए। जसमा उनीहरु सुरक्षित थिए।

    उनीहरु त्यो विशेष कम्प्लिमेन्ट्री रुममा जान थाले तब अचानक एनसीबीका अधिकारी दुबैको अगाडि आएर उनीहरुलाई भित्र जानबाट रोकेका थिए। यी दुईको तलासी गर्दा आर्यन खानसँग केही पनि थिएन तर अरबाज मर्चेन्टको जुत्ताबाट चरेस भेटियो।

    त्यसले प्रहरीलाई अनुसन्धान गर्न झनै सजिलो बनायो र दुबैको मोबाइल फोन जफत गरियो। यसमाथि अनुसन्धान गर्दा यी दुईले चरेस लिने कुरा गरिरहेको पत्ता लाग्यो। एनसीबीले आर्यनको बयान लिएको छ। यसमा पनि उनले एजेन्सीका अधिकारीलाई लागुऔषध कारोबारीसँग लगातार सम्पर्कमा रहेको पनि बताएका छन्।

    बलिउडका किंग खान अर्थात् शाहरुख खानको नाम नै एउटा ब्राण्ड हो। उनी शक्तिशाली व्यक्तिहरुमा पनि पर्छन्। उनको पावरको कुरा गर्ने भने यहाँ सम्म कि उनले ३÷४ घण्टा प्लेन नै डिले गराएका रेकर्ड छन्। उनको त्यो पावर इन्डिया मात्र हैन दुवै, कतार, लण्डन सिंगापुरसम्मका देशमा रहेको छ। त्यसकारण छोरालाई छुटाउन शाहरुख आफैं पनि लागिपरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार