Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अपहरणको अभियोगमा भक्तपुरबाट धिरोज र रसिला पक्राउ

    अपहरणको अभियोगमा भक्तपुरबाट धिरोज र रसिला पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १९ असोज २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले अपहरण तथा शरीर बन्धक कसूरका दुई अभियुक्तहरुलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मध्‍यपुर ठिमी नगरपालिका-६का ३७ वर्षीय धिरोज श्रेष्ठ र चाँगुनारायण नगरपालिका-१ सरस्वती खेलकी २९ वर्षीया रसिला अवाल रहेकी छिन् ।



    महाशाखाका सूचना अधिकृत एवं एसपी कृष्ण कोइरालाका अनुसार उनीहरुले २०७८ असोज १५ गते काठमाडौंको चन्द्रागिरी नगरपालिका-३, थानकोटमा डेरा गरी बस्‍ने निरमान बम्जनको श्रीमतीलाई जबरजस्ती डर त्रास देखाइ अपहरण गरी बन्धक बनाएको अनुसन्धानमा खुलेको हो।



    महाशाखाबाट खटिएको अनुसन्धानको टोलीले २०७८ असोज १७ गते पीडित बम्जनको श्रीमतीलाई चाँगुनारायण नगरपालिका-१ सरस्वती खेलस्थित रसिला अवालको घरबाट उद्धार गरेको एसपी कोइराला बताए।

    पक्राउ परेका श्रेष्ठ र अवाललाई काठमाडौं जिल्ला अदालतबाट आजै पाँच दिनको म्‍याद थपेर थप आवश्‍यक अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकूमा पठाइएको एसपी कोइरालाले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार