Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • माओवादी केन्द्रले टुंगो लगायो तीन मन्त्री र एक राज्यमन्त्री (नामावली)

    माओवादी केन्द्रले टुंगो लगायो तीन मन्त्री र एक राज्यमन्त्री (नामावली)

    अनलाइन नेपाल
  • बुधबार, २० असोज २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको छ ।

    बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशि श्रेष्ठलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।



    हाल सरकारमा माओवादीबाट अर्थमा जनार्दन शर्मा र उर्जामा पम्फा भुसाल मन्त्री रहेका छन् । मंगलबार बसेको गठबन्धनको बैठकले मन्त्रालय भागबन्डामा सहमति गरेपछि अध्यक्ष प्रचण्डले पार्टीबाट मन्त्री बन्नेहरुको टुंगो लगाएका हुन्।



    स्रोतका अनुसार अब माओबादीले शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाउने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार