Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ७० वर्षीया बृद्धालाई बन्दुक देखाइ लाखौंको गरगहना लुटपाट

    ७० वर्षीया बृद्धालाई बन्दुक देखाइ लाखौंको गरगहना लुटपाट

    अनलाइन नेपाल
  • बिहिबार, २१ असोज २०७८
  • 1.4K
    SHARES

    प्रतिकारात्मक तस्बिर

    जनकपुरधाम । महोत्तरीको जलेश्वर नगरपालिका–९ फुल्हट्टा गाउँमा आज बिहान लुटेराको समूहले बन्दुक देखाइ लाखौँको गरगहना लुटपाट गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कैलाश सिंहको घरमा निजकी आमा ७० वर्षीया मनदोदरीदेवी सिंह एक्लै सुतिरहेको अवस्थामा  बन्दुकधारी व्यक्तिले गरगहना लुटपाट गरी लगेका छन् ।



    बिहान ३ः०० बजेको समयमा घरको बाहिरी ढोका फोरेर घरभित्र चार जनाको समूहमा आएका बन्दुकधारीले उनको घरबाट नाकको फुली दुई थान, सुनको बाला, सुनको सिक्रीसहित रु पाँच लाख बढीको गरगहना लुटेर लगेको जनाइएको छ ।



    घटना आज बिहान ३ बजे भए पनि छिमेकीले ढिलो गरी थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले अहिले लुटेराको खोजतलास व्यापकरुपमा गरिरहेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार