Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पेस्तोल देखाएर साढे ५ लाख रुपैयाँ लुटपाट, लुटेरा खोज्दै प्रहरी

    पेस्तोल देखाएर साढे ५ लाख रुपैयाँ लुटपाट, लुटेरा खोज्दै प्रहरी

    अनलाइन नेपाल
  • आइतबार, १२ कार्तिक २०८०
  • 2.6K
    SHARES

    फाइल तस्विर

    रुपन्देही । रुपन्देहीमा हतियार देखाएर साढे ५ लाख रुपैयाँ लुटिएको छ ।

    भैरहवाबाट बैंकबाट रकम झिकेर रायपुर (मर्चवार)तर्फ जाँदै गरेको अवस्थामा ‍भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले पेस्तोल देखाएर साढे ५ लाख रुपैयाँ लुटपाट गरेका हुन् ।



    रुपन्देहीको मर्चवारी गाउँपालिका ३ का प्रकाश बरईको साथबाट सम्मरीमाई गाउँपालिका-६ डिहुली र दयानगरको बीचमा सो रकम लुटिएको बताइएको छ ।



    बरई गल्ला व्यापारी रहेको बुझिएको छ । इलाका प्रहरी कार्यालय मर्चवारले घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार