Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • लुटपाट गर्ने डान्सबारको गौशाला वृत्तमा सेटिङ, कर्मचारीलाई थुनेर मालिकलाई उन्मुक्ति

    लुटपाट गर्ने डान्सबारको गौशाला वृत्तमा सेटिङ, कर्मचारीलाई थुनेर मालिकलाई उन्मुक्ति

    अनलाइन नेपाल
  • सोमबार, २५ मंसिर २०८०
  • 35.4K
    SHARES

    काठमाडौं । प्रहरीकै मिलेमतोमा गौशाला क्षेत्रका डान्सबारहरूले खुलेआम ठगी र लुटपाट गर्न थालेका छन् । उजुरी परे पनि प्रहरीले डान्सबारलाई नै संरक्षण गर्न थालेपछि यस्तो धन्दा फस्टाएको हो ।

    हालै एक भारतीय समूहलाई लुटपाट गर्ने गिरोहलाई गौशाला प्रहरीले उन्मुक्ति दिएको छ । गत १ मंसिरमा नाइट क्विन डान्सबार एण्ड रेष्टुरेन्टमा नेपाल घुम्न आएका ६ जना भारतीय लुटिएका थिए । तर, त्यसमा संलग्न डान्सबार सञ्चालक, युवती लगायतलाई उन्मुक्ति दिएर प्रहरीले एक कर्मचारीलाई मात्र मुद्दा चलाएको छ ।



    सो डान्सबारका सञ्चालक अमित खड्का हुन् । गौशाला क्षेत्रमा सबैभन्दा धेरै ठगी यही डान्सबारमा हुने गरेको छ । तर, उनले गौशाला वृत्तका डिएसपी केशब थेबेसँग सेटिङ मिलाएका छन् । जसकारण किटानी जाहेरी पर्दा पनि उनले सहजै उन्मुक्ति पाएका छन् ।



    ६ जना भारतीयको एक लाख ७५ हजार भारतीय रुपैयाँ लुटिएको घटनामा खड्काविरुद्ध समेत जाहेरी परेको थियो । गौशाला वृत्तले डान्सबारका एक कर्मचारी खेमसिंह भण्डारीलाई मात्र पक्राउ गरी मुद्दा दायर गरेको छ । उनीहरुलाई डान्सबारमा लगेर युवतीसँग राखी बियर पिलाई लुटपाट गरिएको थियो । युवतीलाई दुर्व्यवहार गरेको मुद्दामा फसाइदिने भन्दै खाताबाटै पटक–पटक पैसा हाल्न लगाएर लुटिएको थियो। जसको प्रमाण नै भारतीयहरूले पेस गरेका छन् ।

    गौशाला वृत्तका एक अधिकृतका अनुसार भारतीय नागरिक पारस रामसाहुले भण्डारीसहित सञ्चालक खड्का, विपना राई, प्रतिभा चौधरी, सिद्धार्थ मगर लगायतविरुद्ध किटानी जाहेरी दिएका थिए । उनीहरूको ठेगाना नखुलेको भन्दै गौशाला वृत्तले उन्मुक्ति दिएको हो । पक्राउ परेका भण्डारीको बयानमा पनि यसमा अरूको संलग्नता नरहेको भनेर भन्न लगाइएको छ ।

    ‘यस्तो गम्भीर अपराधमा बयानमा समेत सेटिङ गरेर सञ्चालक र अन्यलाई उन्मुक्ति दिइएको छ,’ वृत्तका एक अधिकृत भन्छन्,‘जबकि सञ्चालकको ठेगाना डान्सबारको कम्पनी दर्ताको प्रमाणपत्रमै राखिएको छ ।’ गौशाला र चाबहिल क्षेत्रका अन्य डान्सबारमा पनि यस्तो किसिमको लुटपाट बढेको छ । डिएसपी थेबेसँगको सेटिङकै कारण यस्तो धन्दा मौलाएको स्रोत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार