Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • घरधनीलाई बन्धक बनाएर ४५ लाख बढी नगद र सुन लुटपाट

    घरधनीलाई बन्धक बनाएर ४५ लाख बढी नगद र सुन लुटपाट

    अनलाइन नेपाल
  • मंगलबार, २९ कार्तिक २०७९
  • 975
    SHARES

    काठमाडौं । घरधनीलाई बन्धक बनाएर एक घरमा गए राति लुटपाट भएको छ ।

    बसुन्धारास्थित नन्द मल्लको घरमा गए राति ६-७ जनाको समूहमा आएका लुटेराले नगद र सुन लुटेर भागेका हुन् ।



    लुटेराले घरधनी नन्द सहित ५ जना महिलालाई बन्धक बनाएर लुटपाट गरेका हुन् । लुटेरा समूहले ह्यामर प्रहार गरेर घरधनीलाई घाइते बनाएका छन् ।



    उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । राति ७ बजेतिर लुटेरा समूह घरमा प्रवेश गरेर ९ बजे निस्केका थिए ।

    ४५ लाख भन्दा बढी नगद र ठुलो परिमाणमा सुन लुटिएको प्रहरीलले जनाएको छ । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयका र प्रहरी वृत्त महाराजगञ्जको टिमले अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार