Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • लालबन्दीमा हतियारधारी समूहबाट लुटपाट, घरधनीमाथि आक्रमण

    लालबन्दीमा हतियारधारी समूहबाट लुटपाट, घरधनीमाथि आक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 2.3K
    SHARES

    सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–५, शान्तिटोलमा हतियारधारी समूहले लुटपाट गरेको छ । वडा कार्यालय नजिक रहेको रामचन्द्र ठाकुरको घरमा बिहीबार बिहान हतियारधारी समूहले लुटपाट गरेको हो ।

    मुखमा रुमाल बाँधेर आएका ५÷६ जनाको समूहले ठाकुरको घरबाट नगदका साथै अन्य सामानहरु लुटेर लगेको प्रहरीले जनाएको छ ।



    लुटेरा समूहलाई प्रतिकार गर्दा घरधनी ४५ वर्षीय ठाकुर घाइते भएका छन् । उनको टाउकोमा चक्कु प्रहार भएको छ । घाइते ठाकुरको मोडेल अस्पताल लालबन्दीमा उपचार भइरहेको छ ।



    घरधनी ठाकुर केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । घटनास्थलबाट एक थान कटुवा पेस्तोल बरामद भएको छ । लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी तीव्र पारिएको सर्लाही प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार