Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • रामकुमारी झाँक्री पर्यटनमन्त्री, स्वास्थ्यमा विरोध खतिवडा

    रामकुमारी झाँक्री पर्यटनमन्त्री, स्वास्थ्यमा विरोध खतिवडा

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असोज २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन् । एकीकृत समाजवादीबाट खतिवडासँगै सचिव रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री र भवानी खापुङ राज्यमन्त्री बन्दैछन् ।

    उनीहरुको नाम प्रधानमन्त्रीसमक्ष पठाइसकिएको स्रोतले जनाएको छ ।  स्रोतका अनुसार झाँक्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, आले शहरी विकास र श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् ।



    यसअघि बुधबार स्थायी कमिटीमा बैठकमा झाँक्रीलाई स्वास्थ्य, खतिवडालाई शहरी विकास, आलेलाई नागरिक उड्डयन र श्रेष्ठलाई श्रममन्त्री प्रस्ताव गरिएको थियो ।



    आकांक्षीहरुसँग छलफल गरेपछि तीन जनाको मन्त्रालय हेरफेर भएको स्रोतले बताएको छ ।

    त्यस्तै, बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएर आज मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएको थियो।
    सहमति अनुसार कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादी केन्द्रलाई पाँच, जसपा र नेकपा एकीकृत समाजवादीले चार÷चार मन्त्रालय पाउने भएका छन्।

    मन्त्रालय भागबण्डामा असन्तुष्टि राखेको एकीकृत समाजवादीले दुई राज्यमन्त्रीसहित चार मन्त्रालय लिने गरी सहमति जुटेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार