Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • विश्वासको मत लिनअघि प्रदेश १ का मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद विस्तार

    विश्वासको मत लिनअघि प्रदेश १ का मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद विस्तार

    अनलाइन नेपाल
  • शुक्रबार, २९ पुष २०७९
  • 594
    SHARES

    विराटनगर । प्रदेश १ सरकारमा तीन मन्त्री थपिएका छन् ।

    मुख्यमन्त्री हिक्मत कुमार कार्कीले माओवादी केन्द्रका दुई र नेकपा एमालेका एकजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।



    माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईँ तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरिएको हो । उनीहरुको मन्त्रालय तोकिएको छैन । यसअघि मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।



    नवनियुक्त मन्त्रीले प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

    मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ ।

    आइतबार ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले कम्तिमा ४७ सांसद मत पाउनुपर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार