Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • चीन-ताइवान विवाद

    चिनियाँ राष्ट्रपतिले चेतावनी दिंदै भने–मातृभूमि टुक्र्याउन खोज्नेको दुःखद् अन्त्य हुन्छ

    चिनियाँ राष्ट्रपतिले चेतावनी दिंदै भने–मातृभूमि टुक्र्याउन खोज्नेको दुःखद् अन्त्य हुन्छ

    अनलाइन नेपाल
  • शनिबार, २३ असोज २०७८
  • 2.5K
    SHARES

    काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवान र चीनलाई शान्तिपूर्ण तरिकाले पुनःएकीकरण गर्ने प्रतिज्ञा गरेका छन् ।

    चीनको पुनःकीकरणका लागि सबैभन्दा ठूलो अवरोध स्वतन्त्र ताइवानको माग गर्ने शक्ति भएको बताउँदै उनले भने –‘आफ्नो इतिहास र मातृभूमि भुलेर मुलुक टुक्र्याउन खोज्नेहरुको दुःखद अन्त्य हुनेछ ।’



    शनिबार राजतन्त्र अन्त्य भएको ११० औं वार्षिकोत्सवमा अवसरमा बेइजिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सीले ताइवानसँग शान्तिपूर्ण माध्यममार्फत् पुनःएकीकरणको मार्ग पछ्याउने बताए।



    सीले ताइवानी मुद्दा चीनको आन्तरिक मामिला भएको र ‘बाह्य हस्तक्षेप’ अस्वीकार्य हुने पनि प्रस्ट पारे । ताइवानसँग सैन्य तनाव बढिरहेका बेला उनको यस्तो प्रतिक्रिया आएको हो ।

    सीले भने–‘राष्ट्रिय स्वाधीनता र अखण्डता रक्षा गर्ने चिनियाँहरुको संकल्पलाई कसैले पनि अवमूल्यन गर्न हुँदैन । चीनको पुनःएकीकरण गर्ने कार्यले पूर्णता पाउनुपर्छ र कुनै पनि हालतमा यो कार्य गरिने छ ।’

    राष्ट्रपतिले सीले हङहङमा लागू गरिएको एक मुलुक दुई प्रणालीअन्तर्गत ताइवानसँग शान्तिपूर्ण पुनरएकीकरण गर्न चाहेको पनि बताए । तर उक्त प्रणालीलाई ताइवानले विरोध गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार