Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • चीनका राष्ट्रपतिलाई ताइवानकी राष्ट्रपतिको चेतावनी – हामी हाम्रो देशको रक्षा गर्न सक्छौं

    चीनका राष्ट्रपतिलाई ताइवानकी राष्ट्रपतिको चेतावनी – हामी हाम्रो देशको रक्षा गर्न सक्छौं

    अनलाइन नेपाल
  • आइतबार, २४ असोज २०७८
  • 2.3K
    SHARES

    एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले ताइवानलाई चीनसँग पुनः एकीकरण गर्ने प्रतिबद्धता जनाइरहेका बेला ताइवानकी राष्ट्रपति साई इङ वेनले भने चेतावनी शैलीमा ताइवान सरकार चीन सामु नझुक्ने बताएकी छन्।

    सी चिनफिङले ताइवानसँग जसरी पनि ‘शान्तिपूर्ण पुनर्मिलन’ गर्ने भनेको भोलिपल्ट वेनले ताइवान चीनसामु नझुक्ने बताएकी हुन्।



    आइतबार ताइवानको राष्ट्रिय दिवसको अवसरमा बोल्दै राष्ट्रपति वेनले चीनको दबाबमा आफूहरु बेइजिङसामु नझुक्ने र आफ्नो प्रजातान्त्रिक जीवनलाई निरन्तरता दिने बताएकी छन्। उनले भनेकी छन्–‘ताइवान सरकारले हतारमा कुनै कदम चाल्ने छैन । तर चीनको दबाबमा ताइवानका जनता चीनसामु झुक्ने छन् भन्ने भ्रममा नपर्दा हुन्छ। हाम्रो प्रगति देखेर चीनले हामीमाथि दबाब दिँदै जानेछ। हामी हाम्रो देशको रक्षा गर्न पछि हट्ने छैनौँ। चीनले न हामीलाई स्वतन्त्र हुन दिन्छ न त हाम्रा सबै जनताको स्वायत्तताको सम्मान गर्छ।’



    चीनले अक्टोबर पहिलो हप्तामा मात्र करिब १४९ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा पठाएको थियो। चीनको सो गतिविधिले ताइवान मात्र नभई सम्बन्धित अन्तर्राष्ट्रिय निकायलाई समेत झस्काएको थियो।

    जिनपिङले भने चिनियाँहरूसँग पृथक्तावादको विरोध गर्ने ‘गौरवशाली परम्परा’ रहेको चेतावनी दिँदै उनले एकीकरण शान्तिपूर्ण रूपमा प्राप्त गर्नुपर्ने उल्लेख गरेका थिए ।

    चीनको पुनःकीकरणका लागि सबैभन्दा ठूलो अवरोध स्वतन्त्र ताइवानको माग गर्ने शक्ति भएको बताउँदै उनले भनेका थिए–‘आफ्नो इतिहास र मातृभूमि भुलेर मुलुक टुक्र्याउन खोज्नेहरुको दुःखद अन्त्य हुनेछ ।’  एजेन्सीकाे सहयाेगमा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार