Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सिमा नाकामा अपराध बढ्न थालेपछि आईजीपीले दिए कडा निर्देशन

    सिमा नाकामा अपराध बढ्न थालेपछि आईजीपीले दिए कडा निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, २६ असोज २०७८
  • 1.7K
    SHARES

    काठमाडौं।  प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले चाडपर्वको समयमा जुवातास तथा मादकपदार्थ सेवनको कारण हुन सक्ने अपराधलाई नियन्त्रण गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

    सोमबार भिडियो कन्फ्रेन्स मार्फत महानगरीय प्रहरी कार्यालय रानीपोखरी, ७ वटै प्रदेश प्रहरी कार्यालयहरु, नेपाल प्रहरी प्रदेश कार्यालयहरु, महानगरीय प्रहरी परिसरहरु र जिल्ला प्रहरी कार्यालयहरुका प्रमुखहरुलाई विशेष योजना बनाई अपराध नियन्त्रण गर्न निर्देशन दिएका हुन।



    उनले चाडपर्वको समयमा जुवातास तथा मादकपदार्थ सेवनको कारण हुन सक्ने अपराधलाई नियन्त्रण गर्न विशेष योजना बनाई चाडपर्वलाई उत्साह र उमंगका साथ मनाउने वातावरण सिर्जना हुने गरी सुरक्षा नीति तर्जुमा गरी काम गर्नुपर्ने बतावताए । कानून विरूद्धको कार्य गर्नेलाई यथाशीघ्र कानूनको दायरामा ल्याउन समेत वताए निर्देशन दिए ।



    हिरासत कक्ष भित्रको सुरक्षामा कार्यालय प्रमुख आफैं चनाखो भई हिरासत कक्ष व्यवस्थापनमा थप सजक र सचेत भई तोकिएको जिम्मेवारी निर्वाह गर्नुपर्नेमा आईजीपी  क्षेत्रीले  जोड दिए।

    सिमा नाकामा हुने विभिन्न चोरी, तस्करी तथा लुटपाट जस्ता घटनाहरूमा सिमापार रहेका सुरक्षाकर्मीहरूसँग समन्वयकारी भूमिका निर्वाह गरी त्यस्ता घटनाप्रति कठोर भएर लाग्न समेत उनले निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार