Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अफगानिस्तानलाई आतंकवादको स्रोत बन्नबाट रोक्न मोदीको आग्रह

    अफगानिस्तानलाई आतंकवादको स्रोत बन्नबाट रोक्न मोदीको आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, २६ असोज २०७८
  • 1.4K
    SHARES

    एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार अफगानिस्तानको स्थितिबारे जी -२० सम्मेलनमा भर्चुअल माध्यमबाट भाग लिएका छन् ।

    उनले अफगानिस्तानलाई आतंकवादको स्रोत बन्नबाट रोक्न आग्रह गरे।



    प्रधानमन्त्रीले एक ट्वीटमा लेखे, ‘अफगानिस्तानमा जी -२० शिखर सम्मेलनमा भाग लिए। अफगानिस्तान क्षेत्रलाई कट्टरपन्थीकरण र आतंकवादको स्रोत बन्नबाट रोक्न जोड दिईयो।’



    प्रधानमन्त्री कार्यालयले एक विज्ञप्तिमा भन्यो , ‘अफगानिस्तानको स्थितिबारे प्रधानमन्त्रीले जी -२० बैठकको आयोजनालाई स्वागत गरे।

    प्रधानमन्त्री मोदीले विगत दुई दशकमा अफगानिस्तानको आर्थिक र सामाजिक विकासमा भारतको योगदानको उल्लेख गरे ।

    उनले  भारतले अफगानिस्तानमा ५०० विकास परियोजनाहरुमा सहयोग गरेको वताए ।

    उनले अफगानिस्तानमा मानवीय सहायताका लागि विश्वका देशहरु एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार