Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आईजीपीको एक्सन : खसी घुस लिएको पुष्टि भएपछि इन्स्पेक्टर तानिए

    आईजीपीको एक्सन : खसी घुस लिएको पुष्टि भएपछि इन्स्पेक्टर तानिए

    अनलाइन नेपाल
  • आइतबार, ३१ असोज २०७८
  • 3.9K
    SHARES

    काठमाडौं । दसैंको समयमा खसी र घुस रकम लिएको पुष्टि भएपछि महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका इन्चार्ज इन्स्पेक्टर शंकर खड्का कारवाहीमा परेका छन्।  खड्काले आचरणबिपरीत क्रियाकलाप गरेको भन्दै प्रहरी प्रधान कार्यालयमा गुनासो पुगेपछि आइजीपी शैलेश थापा क्षेत्रीले महानगरिय ट्राफिक प्रहरी महाशाखालाई छानविन गर्न निर्देशन दिएका थिए।

    छानविनका क्रममा खड्काले खसी घुस लिएकोलगायतका आचरण बिपरितका काम गरेको  पुष्टि भएपछि उनी कारवाहीस्वरुप महाशाखामा तानिएका हुन। खड्का महाशाखामा तानिएपछि ट्राफिक प्रहरी प्रभाग कलंकीको नयाँ इन्चार्जमा इन्स्पेक्टर सरोज ठकुराठीलाई पठाइएको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सन्जिब शर्मा दासले अनलाइन नेपालसँग वताए।



    खड्कामाथि दशैं शुरु भएपछि कलंकी यातायात ब्यवसायी संघ र त्यस क्षेत्रका पेट्रोल पम्पका संचालकसँग पैसा र खसी मागेको प्रकरणमा महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले आन्तरिक रुपमा अनुसन्धान थालेका थिए। महाशाखाका हाकिम र प्रहरी प्रधान कार्यालयका हाकिमहरुलाई पनि बुझाउनुपर्छ भनेर उनले खसी र पैसा मागेको सूचना आइजीपी क्षेत्रीसमक्ष पुगेपछि अनुसन्धानमा तानिएका थिए। प्रहरी स्रोतका अनुसार आन्तरिक अनुसन्धानका क्रममा क्रममा उनले गलत काम गरेको पुष्टि भएको छ।



    कलंकीदेखि नागढ्रुंगासम्मका बालुवा डिपोहरुसँग मासिक घुस संकलन गर्दैआएको आरोप इन्स्पेक्टर खड्कामाथि छ । त्यस्तै नैकाप र आसपासका क्षेत्रमा मापसे चेकिङका नाममा घुस असुलेर दुस्ख दिने गरेको भन्दै गुनासो आएपछि उनीमाथि अर्को छानविन भइरहेको छ। प्रहरी स्रोतका अनुसार छानबिनका क्रममा कलंकी यातायात ब्यवसायी संघबाट खड्काले खसी र घुस लगेको पुष्टि भएको छ ।

    खड्कालाई कारबाहीस्वरुप निलम्बनको तयारी भएपछि जोगिनका लागि उनले बालुवाटार र माओवादीका नेतामार्फत सोर्सफोर्स लगाएका थिए । यसअघि केपी ओली सरकारका पालामा एमाले निकट अनेरास्ववियुका तत्कालीन संयोजक ऐन महरमार्फत् बलम्बुको इन्चार्ज भएका थिए ।

    बलम्बुमा हुँदा पनि उनी धेरै विवादमा परेका थिए । तत्कालिन आईजीपी सर्वेन्द्र खनालमाथि दबाब दिन लगाएर इन्स्पेक्टर खड्का बलम्बु जान सफल भएका थिए । अहिलेसम्म रोल्पाको एउटा इप्रका, बलम्बु र कलंकी ट्राफिक समेत तीन वटा इन्चार्ज भइसकेका इन्स्पेक्टर खड्का अति विवादित प्रहरीका रुपमा चिनिन्छन्। उनी जहाँ बस्दा पनि घुस असुलीमा विवादमा पर्दैआएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार