Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रदेश २ मा अविरल वर्षा, पाकेको धानबालीमा ठूलो क्षति (तस्बिरहरु)

    प्रदेश २ मा अविरल वर्षा, पाकेको धानबालीमा ठूलो क्षति (तस्बिरहरु)

    अनलाइन नेपाल
  • बुधबार, ३ कार्तिक २०७८
  • 1.3K
    SHARES

    रामनारायण यादव / जनकपुरधाम । सोमवारदेखि आएको हावासहितको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । धान काट्ने तयारी गर्दै गर्दा एक्कासी परेको बेमौसमी वर्षाले ठूलो नोक्सानी पु–याएको हो ।

    लगातार आएको वर्षाले किसानलाई प्रमुख बालीको रुपमा रहेको धान कसरी भित्र्याउने भन्ने समस्याले अहिले पिरोलेको छ । दसैँअघि नै मूलुकको अधिकांश क्षेत्रमा धान पाकेर पहेँलै भए पनि किसानले दसैँको चटारोका कारण धान काट्न भ्याएका थिएनन् ।





    कतिपय किसानहरुले दसैँमा टीका लगाएर धान काट्न सुरु गरेका थिए, भने धेरै जसो कृषक धान काट्ने तयारीमा थिए । लगातारको हावा सहितको पानीले पाकेको धान सखाप पारेको छ । काटेको धानखेतीमा समेत पानी जमेर धान र पराल दुवै बर्बाद भएको कृषकहरुको गुनासो रहेको छ । प्रदेश २ का तराईका अधिकांश क्षेत्रमा हावा सहित आएको पानीले नकाटेको धानखेती समेत भुमरी परेर ढलेको तथा पानीमा डुबेको छ । यसपटक समयमा नै पानी परेपछि धान रोपाइँ पनि बेलैमा गरिएको तथा मलको अभाव पनि नभएकोले धान पनि राम्रो भएको तर अहिले घरमा भित्र्याउन लाग्दा पानी परेर ठूलो नोक्सानी बेहोर्नु परेको सिरहाको औरही गाउँपालिकाका कृषक भरत साहले बताए ।

    अहिले मुलुकको विभिन्न स्थान लगायत सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही लगायत जिल्लाका अधिकाश कृषकहरुको खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको छ । हावा सहित आएको बेमौसमी अभिरल वर्षाका कारण पाकेर पहेंलपुर भएको धान खेतमै ढलेको तथा पानी जमेर धान बटुल्न नमिल्ने गरि नोक्सानी भएका कारण आफु चिन्तामा परेको धनुषाका ५ का कृषक महेश प्रसाद साहले दुखेसो पोखे । उनले वर्षभरि खाने धान काटेको दिनमै खेतमा ठूलो पानी परेर पोखरी जस्तो गरि भरिएकाले धान झर्ने हो कि भन्ने चिन्ता बढेको उल्लेख गरे । कृषक साहले ३ विगाह जमिनमा धानखेति गरेका छन् ।

    पूर्वी सप्तरीको कतिपय ठाउँमा भने काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्थामा पुगेको छ । वर्षाका कारण प्रदेश २ को अधिकांश जिल्लामा किसानको पाकेको धानमा वर्षाले क्षति पुर्याएको र अहिले पनि वर्षा जारी रहेकाले क्षतिको यकिन विवरण आउन भने बाँकी रहेको कृषि ज्ञानकेन्द्र सप्तरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार