Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारत भर्सेस पाकिस्तान: जीतको कामनासहित भारतीयले गरे चण्डीगढमा हवन पूजा

    भारत भर्सेस पाकिस्तान: जीतको कामनासहित भारतीयले गरे चण्डीगढमा हवन पूजा

    अनलाइन नेपाल
  • आइतबार, ७ कार्तिक २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । यूएई र ओमानमा जारी सन् २०२१ को टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज साँझ ७ः४५ मा चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच महाभिडन्त हुँदै छ।

    विश्वभरका क्रिकेटप्रेमी दर्शकहरु उत्सुकतासँग यो खेल हेर्नका लागि पर्खिरहेका छन् ।



    भारत र पाकिस्तानबीचको खेल क्रिकेट म्याच मात्र नभएर दुई देशको प्रतिष्ठाको विषय समेत बन्ने गरेको छ । यहीँ कारण समर्थकहरूले भारतीय टीमको जीतको लागि चण्डीगढमा हवन पूजा गरेका छन् ।



    समर्थकहरूले आइतबार दिउँसो भारतीय टोलीको जीतको कामन गर्दै चण्डीगढस्थित सेक्टर–३० को शीव मन्दिरमा हवन पूजा गरेका हुन्।हवनमा वृद्धवृद्धासँगै बालबालिका समेत सहभागी छन् । यस क्रममा बालबालिकाहरूले हातमा भारतीय खेलाडीहरूको पोस्टर बोकेका थिए ।

    हेड टु हेड

    हालसम्म भारत र पाकिस्तानबीच मात्र ८ टि२० आई खेल भएको छ । भारत ७ खेलमा विजयी हुँदा १ खेलमा पराजित भएको छ । पछिल्ला पाँच टि२० आई खेलमा भारत चार खेलमा विजयी भएको छ । भारत सन् २०१२ मा पहिलो टि२० आई खेलमा बंगलोरमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । भारत र पाकिस्तानबीच अन्तिम पटक २०१६ को टि२० विश्वकपमा प्रतिस्पर्धा भएको छ । उक्त टि२० खेलमा भारत ६ विकेटले विजयी भएको थियो ।

    विश्वकपमा हेड टु हेड

    टि२० विश्वकपमा भारत र पाकिस्तानबीच कुल ५ खेल भएको छ । भारत ५ खेलमानै विजयी भएको छ । सन् २००७ को समूह चरणमा भारत खेल बराबर भएपछि बल आउट (बलले स्टम्प ताक्ने) रुपमा विजयी भएको थियो । उक्त फाइनलमा ५ रनले हराउँदै उपाधि जितेको थियो । भारत २०१२ को टि२० विश्वकपमा ८ विकेट, २०१४ कोमा ७ र २०१६ को मा ६ विकेटले विजयी भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार