Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • एकदिवसीय विश्वकपका लागि अफगानिस्तानको टिम घोषणा

    एकदिवसीय विश्वकपका लागि अफगानिस्तानको टिम घोषणा

    अनलाइन नेपाल
  • बुधबार, २७ भाद्र २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटका लागि अफगानिस्तानको टिम घोषणा भएको छ ।

    हसमतुल्लाह अफ्रिदीको कप्तानीमा अफगानिस्तानले १५ सदस्यीय टोली घोषणा गरेको हो ।



    आउँदो महिना भारतमा हुने विश्वकपका लागि घोषणा गरिएको टिममा ४ परिवर्तन गरिएको छ ।



    एसिया कपमा राम्रो प्रदर्शन गरेका गुलवद्धिन नायबसहित करिम जनत, शराफुद्धीन अशरफ र सुलेमान सफी टिमबाट बाहिरिएका छन् ।

    अजमतुल्लाह उमरजाले चोटपछि पुन टिममा पुनरागमन गरेका छन् । उनी चोटका कारण एसिया कपमा परेका थिएनन् ।

    टिमका अन्य सदस्य भने एसिया कपकै खेलाडी छन् । जसमा स्पिन अट्याकमा रासिद खान र मोहम्मद नाबी छन् भने मुजिबर रहमान र नुर अहमद पनि छन् ।

    नविन टिममा फर्किएसँगै तीव्र गतिमा अफगानस्तान बलियो बनेको छ । जसमा फजल हक फारुकी र अब्दुल रहमानले तीव्र गतिको बलिङ सम्हाल्ने छन् ।

    अफगानिस्तानको विश्वकप खेल्ने टिम

    समतुल्लाह शाहिदी (कप्तान), हरमानुल्लाह गुरबाज, इब्राहिम जादरान, रियाज हसन, रहमत शाह, नजिबुल्लाह जादरान, मोहम्मद नाबी, इकराम अलिखिल, अजमतुल्लाह उमरजई, रासिद खान, मुजिबर रहमान, नुर अहमद, फजल हक फारुकी, अब्दुल रहमान र नविन उल हक

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार