Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आईसीसी ट्वान्टी–२० विश्वकप : न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्दै इंग्ल्याण्ड

    आईसीसी ट्वान्टी–२० विश्वकप : न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्दै इंग्ल्याण्ड

    अनलाइन नेपाल
  • मंगलबार, १५ कार्तिक २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । टी-२० विश्वकप क्रिकेटको समूह-१ मा आज (मंगलबार) न्यूजिल्याण्ड र इंग्ल्याण्डले प्रतिस्पर्धा गर्दैछन् ।

    ब्रिसबेन क्रिकेट मैदानमा न्यूजिल्याण्ड र इंग्ल्याण्डबीचको खेल दिउँसो १ः४५ बजे सुरु हुनेछ ।



    इंग्ल्याण्डलाई पराजित गरे न्यूजिल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गर्नेछ । तर, न्यूजिल्याण्ड पराजित भए यो समूहमा सेमिफाइनल यात्रा निकै रोचक बन्ने छ ।



    न्यूजिल्याण्डलाई पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनल पुग्ने दाउमा छ । इंग्ल्याण्ड हारे न्यूजिल्याण्ड सेमिफाइनलमा पुग्नेछ । यता, इंग्ल्याण्ड हारेसँगै अस्ट्रेलिया सेमिफाइनल नजिक पुग्नेछ ।

    तीन खेलमा दुई जित र एक खेलमा अंक बाँड्दै न्यूजिल्याण्ड पाँच अंक बनाएर समूह–१ को शीर्ष स्थानमा छ ।

    चार खेलबाट पाँच अंक बनाएको अस्ट्रेलिया दोस्रो स्थानमा रहँदा तीन खेलबाट तीन अंक जोडेको इंग्ल्याण्ड तेस्रो स्थानमा छ । चौथो स्थानमा आयरल्यान्ड, पाँचौँमा श्रीलंका र छैटौँ स्थानमा अफगानिस्तान छन् ।

    ६ टिम रहेको समूहबाट शीर्ष दुई सेमिफाइनलमा पुग्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार