Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • टी-२० विश्वकप ट्रफी नेपालमा आज सार्वजनिक गरिदै, भक्तपुर दरबार स्क्वायरमा राखिने

    टी-२० विश्वकप ट्रफी नेपालमा आज सार्वजनिक गरिदै, भक्तपुर दरबार स्क्वायरमा राखिने

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 861
    SHARES

    काठमाडौं । आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी आज सार्वजनिक गरिने भएको छ ।

    विश्व भ्रमण अन्तर्गत सोमबार नेपाल आइपुगेको ट्रफी मंगलबार सगरमाथाको आधार शिविर र गोक्यो तालमा प्रदर्शनी गरिने तालिका रहेपनि खराव मौसमका कारण प्रदर्शनी रोकिएको थियो ।



    आम नागरिकको अवलोकनको लागि आईसीसी टी-२० विश्वकपको ट्रफी भक्तपुर दरबार स्क्वायरमा राखिने भएको हो ।



    नेपाल क्रिकेट संघ (क्यान) का जनरल म्यानेजर वृतान्त खनालका अनुसार ट्रफी बुधबार बिहान ११ बजेदेखि १ बजेसम्म भक्तपुर दरबार स्क्वायरमा आम नागरिकमाझ अवलोकनका लागि खुला राखिने भएको हो ।

    युवालाई क्रिकेटमा प्रोत्साहन गर्ने लक्ष्यसहित ट्रफी सोमबार नेपाल ल्याइएको हो। मंगलबार बिहान ट्रफी सोलुखुम्बु जिल्लामा रहेको गोक्यो ताल र कालापत्थरमा राखिएको थियो।

    मंगलबार बेलुका नै क्यानले क्रिकेटसम्बन्धित व्यक्ति र प्रायोजकमाझ ट्रफीसहित गाला डिनर आयोजना गरेको थियो।निसानसँग सहकार्य गरेर आईसीसीले ट्रफी विश्वभर भ्रमण गराउँदै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार