Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एकदिवसीय विश्वकपको ‘ट्रफी टुर’ सुरु, नेपाल भने नआउने

    एकदिवसीय विश्वकपको ‘ट्रफी टुर’ सुरु, नेपाल भने नआउने

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 885
    SHARES

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले विश्वकप २०२३ को ट्रफी भ्रमणको तालिका सार्वजनिक गरेको छ ।

    भारतमा अक्टोबर-नोभेम्बरमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको ट्रफी टुर ‘स्ट्राटोस्फेरिक स्केल’ बाट सुरु भएको हो ।



    आईसीसीले जनाएअनुसार पृथ्वीभन्दा १ लाख २० हजार फिटमाथि सोमबार विश्वकपको ट्रफी टुर सुरु गरिएको हो । ट्रफी टूर जुन २७ बाट सुरु भएर सेप्टेम्बर ४ तारिखसम्म चल्ने आईसीसीले जनाएको छ ।



    आईसीसीको ट्रफी पाँच महादेशका १८ देशमा पुर्‍याइनेछ । ट्रफीलाई बहराइन, कुवेत, मलेसिया, पपुवा न्युगिनी, नाइजेरिया, युगान्डा, फ्रान्स, इटाली र अमेरिका घुमाइनेछ ।

    विश्वकपको ट्रफी नेपालमा भने नआउने भएको छ । यसअघि २०२२ को टि-२० विश्वकपको ट्रफी नेपालमा ल्याएर विभिन्न स्थानमा प्रदर्शनमा राखिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार