Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लिभरपुलसँग युनाइटेडको लज्जास्पद हार : शालाहको कीर्तिमान, रोनाल्डोको केही लागेन

    लिभरपुलसँग युनाइटेडको लज्जास्पद हार : शालाहको कीर्तिमान, रोनाल्डोको केही लागेन

    अनलाइन नेपाल
  • सोमबार, ८ कार्तिक २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यान्चेस्टर युनाइटेडलाई फराकिलो गोलान्तरले पराजित गरेको छ। आइतबार राति भएको खेलमा लिभरलुलले युनाइटेडलाई उसैको घरमा ५–० गोलले हराएको हो।

    खेलको शुरुवातमा नै नाबी किएटाले लिभरपुलाई अग्रता दिलाए भने १३ औँ मिनेटमा डिओगो जोटाले लिभरपुलको अग्रता दोब्बर बनाए। पहिलो हाफको अन्त्यतिर शालाहले दुई गोल थप्दै लिभरपुललाई फराकिलो अग्रता दिलाए। प्रिमियर लिगको इतिहासमा युनाइटेडले पहिलो हाफमा चार गोल खाएको यो पहिलो अवसर हो।



    दोस्रो हाफको शुरवातमा नै शालाहले अर्को गोल गदै आफ्नो ह्याट्रिक पुरा गरे। ओल्ड ट्राफोडमा कुनै पनि विपक्षी खेलाडीले ह्याट्रिक गरेको यो १८ वर्षपछि पहिलो पटक हो।



    पछिल्लो पटक सन् २००३ मा रियल म्याड्रिडका लागि ब्राजिलका रोनाल्डोले ह्याट्रिक गरेका थिए। ह्याट्रिकसँगै शालाहले डिडिएर ड्रोग्बालाई उछिन्दै प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने अफ्रिकी खेलाडीको कीर्तिमान पनि बनाएका छन्।

    दोस्रो हाफमा मैदान प्रवेश गरेका पाउल पोग्बा किएटामाथि फल हानेपछि रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भए। त्यसपछि कुनै गोल भने हुन सकेन। योसँगै लिभरपुल लगातार दुई अवे खेल गोल नखाई ५ वा सोभन्दा गोलको अन्तरले जित्ने दोस्रो टोली पनि बनेको छ।

    जितपछि लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। उसले ९ खेलबाट २१ अंक बटुेको छ। शीर्षस्थानमा रहेको चेल्सीको समान खेलबाट २२ अंक छ। सिटी ९ खेलबाट नै २० अंक जोड्दै तेस्रो स्थानमा छ। युनाइटेड ९ खेलबाट १४ अंक जोड्दै सातौं स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार