Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोना भाइरस:

    ६७२ जनामा संक्रमण पुष्टि हुँदा ८ जनाको मृत्यु, ४१० जना डिस्चार्ज

    ६७२ जनामा संक्रमण पुष्टि हुँदा ८ जनाको मृत्यु, ४१० जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ४१०  जना निको भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ७ हजार १६७ पीसीआर परीक्षणमा ५८२ र २ हजार ३२८  एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका अनुसार सोही समयमा ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३८० पुगेको छ।



    यस्तै, हाल देशभर १० हजार ३७५ जना सक्रिय संक्रमित रहेका छन्।

    यसअघि हिजो मंगलबार ६६६ जनामा संक्रमण पुष्टि हुँदा ११ जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार