Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • प्रहरी कर्मचारीहरुलाई आचरण सुधार्न आईजीपीको निर्देशन

    प्रहरी कर्मचारीहरुलाई आचरण सुधार्न आईजीपीको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    सोलुखुम्बु । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुलाई आफ्नो आचरण र व्यवहारमा शुद्धता कायम गर्न निर्देशन दिएका छन्।

    बुधबार ईलाका प्रहरी कार्यालय लुक्लामा नवनिर्मित कार्यालय भवनको उद्‍घाटन गर्दै आईजीपी क्षेत्रीले आमनागरिकहरुका लागि प्रहरी कर्मचारीहरूको व्यवहार र बोलीवचन सदैव उत्कृष्ट हुनुपर्नेमा जोड दिए।



    आईजीपी क्षेत्रीले निष्पक्ष र सेवामुखी भावनाका साथ आफ्नो आचरण र व्यवहारमा शुद्धता कायम गर्न समेत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन्। साथै, आईजीपी क्षेत्रीले सदैब जनसमुदायको सेवा र सुरक्षामा गम्भीर भएर काम गर्न समेत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।



    फरक प्रसंगमा लुक्लावासीसँग साक्षात्कार गर्न पाउँदा आफूलाई गौरव महशुस भएको उल्लेख गर्दै आईजीपी क्षेत्रीले पर्यटकहरूको सुरक्षाप्रति प्रहरी कर्मचारीहरू विशेष सजग र संवेदनशील हुनुपर्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार