Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पोखरामा स्कुल बसबाट खसेर विद्यार्थीको मृत्यु

    पोखरामा स्कुल बसबाट खसेर विद्यार्थीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 906
    SHARES

    पोखरा । पोखरामा स्कुल बसबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ । पोखराको हेमजास्थित ज्ञानसागर एकेडेमी स्कूल बसबाट खसेर ज्ञानसागर एकेडेमीमा युकेजीमा अध्ययनरत ८ वर्षीय रोमन तामाङको मृत्यु भएको हो।

    गम्भिर घाइते भएका विद्यार्थीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। तामाङ ना १ क २३७३ नम्बरको बसको ढोकाबाट खसेका थिए।



    दुर्घटनामा परी टाउको र शरीरका विभिन्न भागमा चोट लागेका तामाङको उपचार क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो। प्रहरीले धादिङ गंगाजमुना गाउँपालिका–६ घर भएका ४७ वर्षीय बस चालक सानो कान्छा थापालाई पक्राउ गरेको छ।



    चालकलाई सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार