Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • अमेरिकी डलर साट्ने निहुँमा ठगी गर्ने पक्राउ

    अमेरिकी डलर साट्ने निहुँमा ठगी गर्ने पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ११ कार्तिक २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रहरीले अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर-८ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका २७ वर्षीय मिनबहादुर पाइन रहेका छन्। पाइनलाई बुधबार दिउँसो गोकर्णेश्वर नगरपालिका-८ जगडोलबाट प्रहरीले पक्राउ गरेको हो ।



    प्रहरीका अनुसार पाइनलगायत ३ जनाले ललितपुर सातदोबाटो बस्ने झापा बिर्तामोड घर भएका २१ वर्षीय पुरुषलाई अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न लागेको अवस्थामा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।



    पक्राउ परेका पाईनकोस साथबाट ५० दरको ११ थान अमेरिकी डलर, १ दरको १ थान अमेरिकी डलर, २० रुपैयाँ दरको ३ सय ३९ थान नोट, १० रुपैयाँ दरको ३ सय ६७ थान नोट, ४ थान मोबाइल, प्रदेश ०२-३० प ६९१६ नम्बरको मोटरसाइकल र ५ लाख रुपैयाँ समेत बरामद गरिएको बौद्ध प्रहरीले जनाएको छ।

    घटनामा संलग्न फरार अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार