Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • बागमती प्रदेश: नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ

    बागमती प्रदेश: नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ

    अनलाइन नेपाल
  • बिहिबार, ११ कार्तिक २०७८
  • 1.9K
    SHARES

    हेटौंडा । वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

    बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा (एकीकृत समाजवादी) वाग्मती संसदीय दलका नेता पाण्डेले प्रदेश प्रमुख कार्यालयमा आयोजित विशेष समारोहबीच प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।



    मुख्यमन्त्री पाण्डेसँगै नेपाली कांग्रेसका कृष्णलाल भँडेल, नेकपा (माओवादी केन्द्र) का कुमारी मोक्तान र नेकपा (एस) कृष्णप्रसाद शर्माले पनि मन्त्री पदको शपथ ग्रहण गरेका छन् ।



    भँडेललाई भौतिक पूर्वाधार, मोक्तानलाई सामाजिक विकास र शर्मालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    प्रदेशसभाका ५९ जना सदस्यको समर्थनसहित मुख्यमन्त्री पदमा पाण्डेलाई नियुक्त गर्न दाबीपत्र हिजै प्रदेश प्रमुख सचिवालयमा दर्ता गरिएको थियो । गठबन्धनको तर्फबाट प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी) केन्द्र, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जसपाबाट नवनियुक्त मुख्यमन्त्रीलाई समर्थन छ ।

    प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेकपा (एमाले), माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, विवेकशील साझा, नेपाल मजदूर किसान पार्टी, राप्रपा र जसपाको गरी कूल १०९ जना सदस्य छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार