Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रधानसेनापति शर्मा भारत भ्रमणमा जाँदै

    प्रधानसेनापति शर्मा भारत भ्रमणमा जाँदै

    अनलाइन नेपाल
  • बिहिबार, ११ कार्तिक २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । प्रधानसेनापति महारथी प्रभुराम शर्माले यही कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमण गर्ने भएका छन्।

    भारतका सेनाध्यक्ष एमएम नरवणेको औपचारिक निमन्त्रणामा उनले भारत भ्रमण गर्न लागेका हुन्।



    भारत भ्रमणका क्रममा उनलाई भारतीय राष्ट्रपतिबाट मानार्थ महारथी दर्जाबाट सम्मानित गरिने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।



    महारथी शर्माले आफ्ना समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका विभिन्न अङ्गका प्रमुखसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार