Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नेपोली सिरी एको शीर्षस्थानमा उक्लियो

    नेपोली सिरी एको शीर्षस्थानमा उक्लियो

    अनलाइन नेपाल
  • शुक्रबार, १२ कार्तिक २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । इटालियन सिरी ए फुटबलमा नेपोलीले बोलोग्नालाई पराजित गरेको छ। बिहीबार घरेलु मैदानमा भएको खेलमा नेपोलीले बोलोग्नालाई ३–० गोलले हराएको हो।

    डिएगो अर्मान्डो म्याराडोना स्टेडियम भएको खेलमा नेपोलीलाई जिताउन इटालियन मिडफिल्डर लोरेन्जो इन्सिग्नेले दुई तथा फावियनले एक गोल गरे।



    जितपछि नेपोलीको १० खेलबाट २८ अंक जोडेको नेपोली अंत तालिकाको शीर्षस्थानमा उक्लिएको छ। समान २८ अंक नै रहेपनि एसी मिलान गोल अन्तरमा दोस्रो स्थानमा छ।



    २१ अंक जोडेको इन्टर मिलान तेस्रो स्थानमा रहँदा पराजित बोलोग्ना १२ अंक जोडेर १२औं स्थानमा रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार