Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोना भाइरस:

    ५४९ जनामा संक्रमण पुष्टि हुँदा ६ जनाको मृत्यु, ५६९ जना डिस्चार्ज

    ५४९ जनामा संक्रमण पुष्टि हुँदा ६ जनाको मृत्यु, ५६९ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • शुक्रबार, १२ कार्तिक २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५६९ जना निको भएर घर फर्केका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ७ हजार १४५ पीसीआर परीक्षणमा ४९० र २ हजार ६०१  एन्टिजेन परीक्षणमा ५९ जना गरी ५४९ जनामा संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका अनुसार सोही समयमा ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३८८ पुगेको छ।



    यस्तै, हाल देशभर १० हजार १५१ जना सक्रिय संक्रमित रहेका छन्।

    यसअघि हिजो विहीबार ५९१ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार