Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • अपराध रोकथामको लागि नागरिक र प्रहरीबीच समन्वय हुनु जरुरी: आईजीपी

    अपराध रोकथामको लागि नागरिक र प्रहरीबीच समन्वय हुनु जरुरी: आईजीपी

    अनलाइन नेपाल
  • शुक्रबार, १२ कार्तिक २०७८
  • 1K
    SHARES

    सोलुखुम्बु । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले प्रहरी संगठनबाट सम्पादित कार्य न्यायोचित, कानुन सम्मत र विवेकपूर्ण हुने बताएका छन् ।

    शुक्रबार इलाका प्रहरी कार्यालय नाम्चेको नवनिर्मित कार्यालय भवनको उद्‍घाटन गर्दै आईजीपी क्षेत्रीले यस्तो बताएका हुन्।



    समारोहलाई सम्बोधन गर्दै आईजीपी क्षेत्रीले प्रहरीको कार्य प्रकृतिको संवेदनशीलताले गर्दा प्रहरी भवनहरूको फरक आवश्यकता र सुरक्षा मापदण्ड हुने बताए ।



    यस्तै, आईजीपी क्षेत्रीले देशी विदेशी हरेक मानवजातिको लागि आकर्षणको केन्द्र रहेको सगरमाथा क्षेत्रमा हुन सक्ने अपराधहरू रोकथामको लागि नागरिक र प्रहरीबीचको समन्वय र सहकार्य अत्यन्त महत्वपूर्ण रहने बताए।

    सगरमाथा राष्ट्रिय निकुञ्जबाट हुन सक्ने अवैध चोरी निकासी पैठारीको विषयमा पनि उत्तिकै सजग र सचेत रहनु पर्नेमा आईजीपीले जोड दिए।

    कार्यक्रममा आईजीपी क्षेत्रीले पहिलो पटक सगरमाथा आरोहण गर्ने आरोहण दलका सदस्य ९४ वर्षीय कान्छा शेर्पालाई अभिनन्दन समेत गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार