Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • चीनको चेतावनी : हाम्राे विपक्षमा रहन खोज्नेहरू २१औं शताब्दीमा सफल हुनै सक्दैनन्

    चीनको चेतावनी : हाम्राे विपक्षमा रहन खोज्नेहरू २१औं शताब्दीमा सफल हुनै सक्दैनन्

    अनलाइन नेपाल
  • शनिबार, १३ कार्तिक २०७८
  • 1.5K
    SHARES

    फाइल फाेटाे

    एजेन्सी । चिनियाँ विदेशमन्त्री वाङ यीले ताइवानले चीनसँग पुनर्मिलन गर्नु बहेक अर्को कुनै विकल्प नभएको बताएका छन् ।

    शुक्रबार ताइवानको चीनको हिस्सा हुनु बाहेक अन्य कुनै अन्तर्राष्ट्रिय कानुनी हैसियत नभएको दावी गर्दै उनले रोममा हुने जी–२० शिखर सम्मेलनअघि अमेरिका र केही अन्य देशले एक चीन सिद्धान्तलाई रोक्न नसक्ने बताएका छन् ।



    संयुक्त राष्ट्र संघमा ताइवानको ‘अर्थपूर्ण सहभागिता’ को लागि अमेरिकाले आह्वान गरेको प्रतिक्रिया स्वरूप उनले यस्तो टिप्पणी गरेका हुन्।



    मन्त्री वाङले एक चीनको विपक्षमा रहन खोज्नेहरू २१औं शताब्दीमा सफल हुने सम्भावना धेरै कम रहेको र यदि तिनीहरू निरन्तर त्यसै किसिमले सक्रिय रहे भने ठूलो मूल्य चुकाउनुपर्ने समेत बताए ।

    अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मंगलबार संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई संयुक्त राष्ट्र प्रणालीमा ताइवानको ‘अर्थपूर्ण’ सहभागितालाई समर्थन गर्न आह्वान गरेपछि वाङको यस्तो टिप्पणी आएको हो।

    सन् १९७१ मा चीनले आफ्नो ठाउँ लिएपछि ताइवानले संयुक्त राष्ट्रसंघ छोडेको थियो । त्यसयता ताइवानलाई महासभा र अन्य विश्व मञ्चहरूमा सहभागी हुनबाट वञ्चित गरिएको छ। – एएनआई

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार