Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • जनकपुरधामका पूर्वमेयर मिश्रको ८५ वर्षको उमेरमा निधन

    जनकपुरधामका पूर्वमेयर मिश्रको ८५ वर्षको उमेरमा निधन

    अनलाइन नेपाल
  • सोमबार, १५ कार्तिक २०७८
  • 1.4K
    SHARES

    रामनारायण यादव / जनकपुरधाम  । जनकपुरधाम उपमहानगरपालिकाका पूर्वमेयर राजदेव मिश्रको निधन भएको छ ।

    सोमबार बिहान साढे ३ बजे मिश्रको ८५ वर्षको उमेरमा आफ्नै निवास जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर ४ आनन्दनगरमा निधन भएको हो ।



    तीन महिना अघि उनलाई हृदयघात भएको थियो । उनको पार्थिव शरीरलाई आजै जनकपुर स्थित अस्मसानघाटमा दिउँसो अन्येष्टि गरिने कार्यक्रम रहेको उनका छोरा घनश्याम मिश्रले जानकारी दिए ।



    पूर्वराजा ज्ञानेन्द्रको पालमा तत्कालीन जनकपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका मिश्र पञ्चायतकालमामा प्रधानपञ्च समेत बनेका थिए । उनले झण्डै ६ महिना मेयरको कार्यभार सम्हालेका थिए ।

    मिश्रका ४ छोरा र तीन छोरी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार