Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • जनकपुरको एक होटेलमा महिला र पुरूष मृत भेटिए, अनैतिक सम्बन्ध रहेको आशंका

    जनकपुरको एक होटेलमा महिला र पुरूष मृत भेटिए, अनैतिक सम्बन्ध रहेको आशंका

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 384
    SHARES

    फाइल तस्विर

    जनकपुरधाम। जनकपुरको एक होटेलमा महिला र पुरूष मृत भेटिएका छन् ।

    महोत्तरीको पिपरा गाउँपालिका-३ का हितेन्द्र पासवान र माइत पिपरा नै भएकी महोत्तरीको लोहारपट्टी नगरपालिका-४ खट्टाकी प्रियंका कापर झुन्डिएको अवस्थामा भेटिएका हुन् ।



    उनीहरु जनकपुरको रामानन्दचौकमा रहेको होटेल होलि डे एण्ड गेष्ट हाउसमा मृत अवस्थामा भेटिएका हुन्। आज बिहान ११ बजेतिर कोठा नम्बर २०५ मा दुबैजना पासोमा झुन्डिएर मृत अवस्थामा भेटिएको धनुषा प्रहरीले जनाएको छ ।



    कोठा भित्र महिलाकी अढाई वर्षीया छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा सलको पासोमा झुन्डिएका थिए । धनुषाको प्रहरी टोली घटनास्थलमा पुगेर ढोका फोडेर बालिकालाई बाहिर निकालेको छ ।

    दुवैजना चार दिनदेखि होटेलमा थिए । दुवैजनाको अनैतिक सम्बन्ध रहेको आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार