Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • शरीर बन्धक मुद्दाका फरार चौधरी ८ वर्षपछि पक्राउ

    शरीर बन्धक मुद्दाका फरार चौधरी ८ वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १६ कार्तिक २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले अपहरण तथा शरीर बन्धक मुद्दाका फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा जिल्लाको जिराभवानी गाउँपालिका-६ शंकरसरैया बस्ने ५६ वर्षीय प्रयाग चौधरी रहेका छन्।



    प्रहरीका अनुसार चौधरीलाई २०७० माघ १७ गते जिल्ला अदालत पर्साले उक्त मुद्दामा ९ वर्ष कैद र नगद ५० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो।



    चौधरीलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी ‍वृत्त गौशाला काठमाडौंको समन्वयमा तिलगंगाबाट पक्राउ गरेको हो ।

    चौधरीलगायतका फरार अन्य व्यक्तिहरु मिलेर २०६७ फागुन २४ गते भारत मुजफ्फरपुर मुसहरी बस्ने २० वर्षीय पुरुषलाई पर्सा वीरगंज महानगरपालिका-३२ बाट अपहरण गरी बन्धक बनाएको प्रहरीले जनाएको छ।

    उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सामा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार