Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • तिहारमा लोडसेडिङ नहुने कुलमानको घोषणा

    तिहारमा लोडसेडिङ नहुने कुलमानको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, १६ कार्तिक २०७८
  • 1.3K
    SHARES

    काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारको समयमा ‘लोड’ व्यवस्थापनमा कुनै समस्या नहुने बताएका छन्। ।

    मंगलबार नेपाल विद्युत् प्राधिकरणद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले दशैं, तिहार र छठसम्म विद्युतको माग उच्च हुने भए पनि अहिले उक्त समस्या नहुने बताएका छन्।



    ‘तिहारमा लोडसेडिङ अथवा बत्ती काट्नु पर्ने अवस्था आउँदैन, घिसिङ्ले भने, ‘जति उपकरण चलाए पनि समस्या हुँदैन । तिहारमा मज्जाले झिलिमिली बनाए हुन्छ।



    यो वर्ष भदौमा १,६२० मेगावाटसम्म विद्युत् माग भएको र तिहारमा अधिकतम १,५०० मेगावाट मात्रै माग हुने अनुमान रहेको पनि उनले बताएका छन् ।

    यो वर्ष अहिलेसम्म कुलेखाली चलाउनु नपरेको अवस्थामा पनि दिउँसो करिब २०० र राति करिब ५०० मेगावाट सरप्लस रहेको उनले बताए । ‘

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार