Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • दैनिक ११ घण्टा अघोषित ‘लोडसेडिङ’ हुँदा एसईई दिने विद्यार्थी मर्कामा

    दैनिक ११ घण्टा अघोषित ‘लोडसेडिङ’ हुँदा एसईई दिने विद्यार्थी मर्कामा

    अनलाइन नेपाल
  • शनिबार, ३ चैत्र २०८०
  • 348
    SHARES

    फाइल तस्विर

    हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक दिन ११ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा एसईईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन् ।

    एसईईको परीक्षा नजिकिँदै गएको अवस्थामा विद्युत् भार कटौतीले उनीहरू मारमा परेका हुन् ।



    विद्यार्थीले साँझको समयमा पढ्न नपाएको गुनासो गरेका छन् । एसईई दिने विद्यार्थीलाई मात्रै नभएर अन्यलाई पनि घरमा गृहकार्य तथा लेखपढ गर्न समस्या भएको छ ।



    यही चैत १५ गतेदेखि एसईईको परीक्षा सुरु हुँदैछ । विद्यार्थीलाई रातिको समयमा पढ्न समस्या भएको छ । ट्युसनको भरमा एसईईको तयारी गरिरहेका विद्यार्थी दैनिक ११ घण्टा विद्युत् भार कटौतीबाट निरास छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार