Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • माथिल्लो तामाकोशीको उदाहरण दिँदै उर्जामन्त्री पौडेलले भने – अबदेखि नेपालमा लोडसेडिङ हुँदैन

    माथिल्लो तामाकोशीको उदाहरण दिँदै उर्जामन्त्री पौडेलले भने – अबदेखि नेपालमा लोडसेडिङ हुँदैन

    अनलाइन नेपाल
  • सोमबार, २१ असार २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। उर्जा जलस्रोत तथा सिँचाई मन्त्री विष्णुप्रसाद पौडेलले अब नेपालमा कहिल्यै लोडसेडिङ नहुने बताएका छन् ।

    आज माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले उक्त आयोजना नेपालका लागि महत्वपूर्ण भएको बताउदै नेपालमा कहिल्यै लोडसेडिङ नहुने बताएका हुन्।



    प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारबाट भएको उद्घाटनमा बोल्दै मन्त्री पौडेलले तामाकोशी एक उदाहरण भएको भन्दै तामाकोशी जस्ता आयोजना अब चाडै सम्पन्न हुने बताए।



    एकातिर हामी हाम्रो पूँजीलाई संगठित गर्न सक्छौँ र देश विकासमा योजना दिन सक्छौँ भन्ने सन्देश दिएको छ। यो महत्वपूर्ण पाठशाला बन्न सक्छ भन्ने लाग्छ,’ उनले भने।

    नेपालको विकासका लागि तामाकोशीले गुणात्मक योगदान गर्ने उनको भनाई छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार