Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रोनाल्डोले युनाइटेडलाई हारबाट जोगाए

    रोनाल्डोले युनाइटेडलाई हारबाट जोगाए

    अनलाइन नेपाल
  • बुधबार, १७ कार्तिक २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई च्याम्पियन्स लिगमा एटलान्टासँग हारबाट जोगाएका छन् । मंगलबार एटलान्टासँग २–२ को बराबरी खेल्दै युनाइटेड समूह एफको शीर्ष स्थानमा रहन सफल भएको हो ।

    खेलमा जोसिप इलिसिचले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै रोनाल्डोले खेल बराबरी गरेका थिए ।



    दोस्रो हाफको सुरुवातमा नै डुभान जापाटाले इटालिएन टोलीलाई पुनः अग्रता दिलाए । हारतर्फ अघि बढिरहेको युनाइटेडका लागि इन्जुरी समयमा दोस्रो गोल गर्दै रोनाल्डोले खेलमा पुनः बराबरी गरे ।



    योसँगै सन् २००३ मा रुड भान निस्टरलोयपछि युनाइटेडका लागि च्याम्पिन्यस लिगमा लगातार चार खेलमा गोल गर्ने रोनाल्डो पहिलो खेलाडी बनेका छन् । पछिल्ला चार खेलमा रोननाल्डोले पाँच गोल गरेका छन् । जसमध्ये दुईवटा विजयी गोल र एउटा बराबरी गोल रहेका छन् । युनाइटेडका लागि उनको यो १२७ औँ गोल पनि थियो ।

    समूह एफमा भिल्लेरियाल र युनाइटेडको समान ७ अङ्क रहे पनि हेड टु हेडका आधारमा युनाइटेड अघि रहेको छ । एटलान्टा ५ अङ्कसहित तेस्रो स्थानमा रहेको छ भने यङ ब्वाइजको ३ अङ्क रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार