Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

    जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १७ कार्तिक २०७८
  • 1.4K
    SHARES

    जाजारकोट । जाजरकोटमा ट्र्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

    नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा गए राति २ बजे दुर्घटना भएको हो ।



    मृत्यु हुनेमा नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय बलबहादुर खत्री छन् ।



    त्यस्तै नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन् । उनी सहचालक हुन् ।

    घाइतेको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए । ट्र्याक्टर नम्बर भने खुल्न सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार