Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • चम्किन नपाउँदै मेसी पिएसजीको स्क्वाडबाहिर

    चम्किन नपाउँदै मेसी पिएसजीको स्क्वाडबाहिर

    अनलाइन नेपाल
  • बुधबार, १७ कार्तिक २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । च्याम्पियन्स लिगको समूह चरणको खेलमा बुधबार राति पेरिस सेन्ट जर्मन (पिएसजी)ले आरबी लेइपजिगको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बुधबार राति (बिहीबार बिहान) १ः४५ बजे शुरु हुनेछ।

    सो खेलमा पिएजसीका फरवार्ड लियोनल मेसी उपलब्ध हुने छैनन्। पछिल्लो केही दिनदेखि उनी खेलदका लागि फिट देखिएका छैनन्। सामान्य घाइते भएका मेसीले अघिल्लो गेममा पनि पहिलो हाफमात्र खेलेका थिए।



    मेसी यो खेलका लागि पनि पिएसजीको स्क्वाडबाट बाहिरिएका छन्। पिएसजीले सार्वजनिक गरेको २१ खेलाडीको सूचिमा उनी अटाएका छैनन्। पिएजसीका अनुसार हाल मेसीमा २ वटा समस्या छन्। उनको घुँडा र ह्यामस्ट्रिङमा समस्या भएको पाइएको छ। सोही कारण मेसी खेलका लागि फिट नभएका हुन्।



    यसअघि भएको समूह चरणको खेलमा लेइपजिग ३–२ गोलले हारेको थियो। हालसम्म २ टोलीबीच १८ पटक प्रतिस्पर्धा भएको छ। तीमध्ये १० खेल पिएसजी र ८ खेल लेइपजिगले जितेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार