Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • आईजीपी क्षेत्री टर्की जाने

    आईजीपी क्षेत्री टर्की जाने

    अनलाइन नेपाल
  • मंगलबार, २३ कार्तिक २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन(इन्टरपोल) को ८९ औं साधारण सभामा भाग लिन टर्की जाने भएका छन् ।

    प्रहरी प्रधान कार्यालयका अनुसार आईजीपी क्षेत्री नेतृत्वको टोली आगमी मंसिर ५ गते टर्की जाने तय भएको हो ।



    सम्मेलनमा आईजिपी थापासहित अपराध अनुसन्धान विभागका एआईजी प्रद्युम्न कार्की, इन्टरपोल शाखाका अधिकारीलगायत प्रहरी अधिकारीहरु टर्की जान लागेको प्रहरी कार्यालयले बताएको छ ।



    आगामी ७ मंसिरदेखि ९ मंसिरसम्म टर्कीको राजधानी इस्तानबुलमा इन्टरपोलको ८९ औं साधारण सभा हुँदैछ ।

    आईजीपी क्षेत्रीको यो पहिलो विदेश भ्रमण हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार