Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • गोकुलेश्वर विमानस्थल चाँडै सञ्चालन हुन्छ : मन्त्री आले

    गोकुलेश्वर विमानस्थल चाँडै सञ्चालन हुन्छ : मन्त्री आले

    अनलाइन नेपाल
  • बुधबार, २४ कार्तिक २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    डोटी । सुदूरपश्चिमका बन्द विमानस्थलमा जहाज चलाउन पहल गर्दै आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गोकुलेश्वर विमानस्थल चाँडै सञ्चालनमा ल्याउने बताएका छन् ।

    जहाज नभएर सुदूरपश्चिमका नागरिकलाई असहज भइरहेका बेला मन्त्री आलेले बन्द रहेका सबै विमानस्थलमा जहाँज चलाउन लागि परेका हुन् । यसै क्रममा उड्डयन मन्त्री आलेले निर्माणाधीन दार्चुलाको गोकुलेश्वर विमानस्थल चाँडै सञ्चालनमा ल्याइने बताए ।



    आज नेकपा (एकीकृत समाजवादी) पार्टीको जिल्ला पार्टी घोषणा कार्यक्रमसहित उक्त निर्माणाधीन विमानस्थलको अनुगमनका लागि त्यहाँ पुगेका मन्त्री आलेले गोकुलेश्वर विमानस्थलमा चाँडै विमान सञ्चालन गर्नका लागि काम अगाडि बढेको जानकारी दिए ।



    उनले भने, “दार्चुलाको गोकुलेसहित यहाँका पहाडी जिल्लाका सबै विमानस्थलमा नियमित जहाज चलाउने गरी काम अगाडि बढाएको छु, चाँडै नै यहाँका नागरिकले जहाज चढ्न पाउने छन् ।” सोही क्रममा मन्त्री आलेले निर्माणाधीन गोकुलेश्वर विमानस्थलका लागि बजेटको कुनै कमी हुन नदिने आश्वासनसमेत दिए ।

    विमानस्थलको टर्मिनल भवन, टेक्सी पार्किङलगायत सबै भौतिक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिने बताउनुहुँदै मन्त्री आलेले थप भने “विमानस्थलका लागि पर्याप्त बजेट विनियोजन गर्छु, निर्माण कार्य चाँडो सक्न नागरिको निगरानी पनि जरुरी छ ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार