Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एमालेको पार्टी सदस्यता आठ लाख पुग्यो

    एमालेको पार्टी सदस्यता आठ लाख पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, २५ कार्तिक २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा (एमाले)को पार्टी सदस्यता सङ्ख्या करिब आठ लाख पुगेको छ । दशौँ राष्ट्रिय महाधिवेशन लक्षित गरी वितरण गरिएको पार्टी सदस्यता सात लाख ८९ हजार ६२० पुगेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    उनकाअनुसार तीमध्ये पाँच लाख ९९ हजार ६२४ जना पुरुष र एक लाख ८८ हजार ९९६ जना महिला रहेका छन् । एमालेको नवाैँ महाधिवेशनमा पाँच लाख ९१ हजार सङ्गठित सदस्य रहेको थिए । पार्टीको दशौँ महाधिवेशनमा आइपुग्दा एमालेले एक लाख ९८ हजार सङ्गठित सदस्य थप गरेको छ ।



    एमालेको दशौँ महाधिवेशन यही मङ्सिर १० देखि १२ गते चितवनमा हुँदैछ । महाधिवेशनमा २०७७ चैतमसान्तसम्म सदस्यता लिएका व्यक्तिले मात्र महाधिवेशनमा प्रतिनिधि चयन हुन पाउनेछन् ।



    एमाले महाधिवेशनका लागि कात्तिक २७ गते शनिबार देशभर एकैसाथ प्रतिनिधि छनोट गर्दैछ । महाधिवेशनमा एक हजार ९९९ जना प्रतिनिधि सहभागी हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार