Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • आईजीपी क्षेत्री भारतमा, आफुभन्दा जुनियर कार्यवाहक बनेपछि पाल बिदामा !

    आईजीपी क्षेत्री भारतमा, आफुभन्दा जुनियर कार्यवाहक बनेपछि पाल बिदामा !

    अनलाइन नेपाल
  • शुक्रबार, २६ कार्तिक २०७८
  • 3.2K
    SHARES

    काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री सुरक्षा सम्बन्धी एक कार्यक्रममा सहभागिता जनाउन हिजो भारततर्फ प्रस्थान गरेका छन्।

    इण्डियन पुलिस सर्भिस ( आइपिएस) को पास आउट कार्यक्रममा सहभागिता जनाउन आईजीपी क्षेत्री भारत गएका हुन ।आईजीपी क्षेत्री आईतवार स्वदेश फर्कने कार्यक्रम रहेको प्रहरी स्रोतले वतायो।



    भारत जानु अघि आईजीपी क्षेत्रीले अपराध अनुसन्धान बिभागका प्रमुख एआईजी प्रधुम्न कार्कीलाई कार्यवाहक आईजीपीको जिम्मेवारी दिएका छन्।  यता, कार्कीलाई कार्यवाहक आईजीपीको जिम्मेवारी दिएलगत्तै महानगरिय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरिवहादुर पाल भने दुई दिन बिदामा बसेका छन्।



    आफु भन्दा जुनियरलाई कार्यवाहक आईजीपीको जिम्मेवारी दिइएको भन्दै पाल बिदामा बसेको प्रहरी स्रोतले वतायो। पालसँग पछिल्लो समय बालुवाटार र गृहमन्त्रालय सकारात्मक नभएका कारण उनीभन्दा जुनियर एआईजी कार्की दुई दिनका लागि कार्यवाहक आईजीपी बनेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार