Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिसिटिभी जोडेर  जुवा खेलिरहेका ६ जना हाइप्रोफाइल जुवाडे १८ लाख नगदसहित पक्राउ

    सिसिटिभी जोडेर  जुवा खेलिरहेका ६ जना हाइप्रोफाइल जुवाडे १८ लाख नगदसहित पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २७ कार्तिक २०७८
  • 3.1K
    SHARES

    कास्की। जिल्ला प्रहरी कार्यालय कास्कीले १८ लाख नगदसहित  पोखराका ६ जना हाइप्रोफाइल जुवाडेलाई पक्राउ गरेको छ।

    पोखरा महानगरपालिका -१२ चापापानीमा नबिन गौचनको घरमा जुवातास खेलिरहेका ६ जनालाई १८ लाख ७५ हजार ५३० रुपैंया नगदसहित आज बिहान  पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।



    पक्राउ पर्नेहरुमा मुस्ताङ थासाङ ०३ घर भई पोखरा १२ चापापानी बस्ने ३२ वर्षीय नबिन गौचन, पोखरा -१२ फुलबारी बस्ने ४४ वर्षीय काजी गुरुङ, पोखरा – १२ माटेपानी बस्ने ३८ वर्षीय सुर्य गुरुङ, दैलेख नौमुले -८ घर भई पोखरा -२६ बिजयपुर बस्ने ३५ वर्षीय खम्ब सिंह राना, कास्की मोदी – १० घर भइ पोखरा १३ संगम टोल बस्ने ३६ वर्षीय खेमराज गुरुङ र पोखरा ९ घर भई हाल दिप बस्ने ३५ वर्षीय श्याम श्रेष्ठ रहेका छन् ।



    उनीहरुले कोठा भाडामा लिएर सिसिटिभी जडान गरी  संगठित रूपमा जुवा खेल्ने/ खेलाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी हमालले वताए ।

    पक्राउ परेकाहरु हाइप्रोफाइल जुवाडेमाथि जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दामा अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार