Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • इजलास फर्किने न्यायाधीशहरुलाई अधिवक्ता थापाको आग्रह- प्रधानन्यायाधीशलाई सोध्नुस् घुस खानु भएको छ कि छैन ?

    इजलास फर्किने न्यायाधीशहरुलाई अधिवक्ता थापाको आग्रह- प्रधानन्यायाधीशलाई सोध्नुस् घुस खानु भएको छ कि छैन ?

    अनलाइन नेपाल
  • बुधबार, १ मंसिर २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले इजलासमा फर्किन चाहेका र फर्किएका सर्वोच्च अदालतका न्यायाधीशहरु पनि अब दूषित हुने बताएका छन्।

    बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजिनामा माग्दै गरिएको विरोध प्रदर्शनपछिको कार्यक्रमलाई सम्बोधन गर्दै अधिवक्ता थापाले यस्तो बताएका हुन्।



    उनले इजलास फर्किनुअघि प्रधानन्यायाधीश जबरालाई घुस खानु भएको छ कि छैन भनेर सोध्न समेत आग्रह गरे। सम्बोधनमा अधिवक्ता थापाले आफूहरुले प्रधानन्याधीश जबरा भ्रष्टाचारमा चुर्लुम्म डुबेको देखेको बताए ।



    ‘जो हतार हतार इजलासमा बस्नुहुन्छ, जो फर्किदै हुनुहुन्छ, उनले अघि भने, ‘तपाईंहरुले प्रधानन्यायाधीशलाई सोध्नुस्, घुस खानु भएको छ कि छैन ?’

    यदि फर्किने न्यायाधीशहरुले यो प्रश्न नसोधी इजलासमा बसे उनीहरु पनि दूषित हुने थापाको भनाइ छ।

    यसअघि हिजो मंगलबार न्यायाधीशहरु बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, तेजबहादुर केसी र कुमार रेग्मी नियमित इजलासमा फर्किएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार