Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • चोलेन्द्र भ्रष्टाचारमा चुर्लुम्मै डुबेका छन्, उनको जुनसुकै फैसलामा पनि घुसको गन्ध आउँछ: शम्भु थापा

    चोलेन्द्र भ्रष्टाचारमा चुर्लुम्मै डुबेका छन्, उनको जुनसुकै फैसलामा पनि घुसको गन्ध आउँछ: शम्भु थापा

    अनलाइन नेपाल
  • बुधबार, १ मंसिर २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फैसला गर्ने जुनसुकै फैसलामा पनि भ्रष्टाचारको गन्ध आउने बताएका छन्।

    बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा बसेको धर्नालाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता थापाले जबरा भ्रष्टाचारको मूलकारक भएको बताए।



    उनले भने,’ न्यायिक क्षेत्रमा भ्रष्टाचार बढ्नुमा प्रधानन्यायाधीश नै मूलकारक हुन्। उनले तोकेको इजलास गए न्यायाधीश पनि दुषित हुन्छन्।’



    यस्तै, उनले जबराले गर्ने जुनसुकै फैसलामा पनि घुस लिने आरोप लगाए।

    ‘यहाँ घुस खाएर फैसला गरिन्छ, त्यही नहोस् भन्ने हाम्रो आन्दोलन हो उनले अघि भने, ‘अब जबराले गर्ने जुन फैसलामा पनि गन्ध आउँछ । गन्ध आउन नदिन पद त्याग गर्नुपर्छ।’

    यस्तै, थापाले इजलासमा फर्किन चाहेका र फर्किएका सर्वोच्च अदालतका न्यायाधीशहरु पनि अब दूषित हुने बताए।

    थापाले आफूहरुले प्रधानन्याधीश जबरा भ्रष्टाचारमा चुर्लुम्म डुबेको देखेको भन्दै भने,’ जो हतार हतार इजलासमा बस्नुहुन्छ, जो फर्किदै हुनुहुन्छ, उनले अघि भने, ‘तपाईंहरुले प्रधानन्यायाधीशलाई सोध्नुस्, घुस खानु भएको छ कि छैन ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार