Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • प्रधानन्यायाधीशको सिट खाली भइसक्यो: शम्भु थापा

    प्रधानन्यायाधीशको सिट खाली भइसक्यो: शम्भु थापा

    अनलाइन नेपाल
  • बुधबार, १ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खाली भइसकेको प्रतिक्रिया दिएका छन् ।

    बुधवार नेपाल बार एसोसिएसनको अगुवाइमा सर्वोच्च अदालतमा भएको धर्ना कार्यक्रमपछि भएको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्रधानन्यायाधीशको सिट खालि भइसकेको बताएका हुन् ।



    उनले अब सरकार र प्रतिपक्षले नयाँ नियुक्ति गर्नुपर्ने भन्दै यसैका लागि आफूहरुले दवाव दिइरहेको बताए ।



    ‘अब प्रधानन्यायाधीशको सिट खाली भइसकेको छ । कसरी मनोनयन गर्ने, कसरी नियुक्ति गर्ने, यो सरकार र संविधान चलाउने, सरकार र प्रमुख प्रतिपक्षी दलको जिम्मा हो’, उनले भने।

    यस्तै, थापाले प्रधानन्यायाधीश जबराले फैसला गर्ने जुनसुकै फैसलामा पनि भ्रष्टाचारको गन्ध आउने बताए ।

    थापाले जबरा भ्रष्टाचारको मूलकारक भएको भन्दै भने, ‘यहाँ घुस खाएर फैसला गरिन्छ, त्यही नहोस् भन्ने हाम्रो आन्दोलन हो उनले अघि भने, ‘अब जबराले गर्ने जुन फैसलामा पनि गन्ध आउँछ । गन्ध आउन नदिन पद त्याग गर्नुपर्छ।’

    प्रधानन्यायाधीश जबरामाथि कार्यपालिकासँग मिलेर राजनीति भागबण्डा खोजेकोलगायतका आरोप लगाउँदै आन्दोलनरत बारले उनको राजीनामा माग्दै दिनहुँ प्रदर्शन गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार