Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ‘ए’ डिजिभन लिग फुटबललाई पुन:कतार एयरवेजले नै प्रायोजन गर्ने

    ‘ए’ डिजिभन लिग फुटबललाई पुन:कतार एयरवेजले नै प्रायोजन गर्ने

    अनलाइन नेपाल
  • बुधबार, १ मंसिर २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फाले) यस सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको लागि कतार एयरवेजसँग प्रायोजन सम्झौता नवीकरण गरेको छ ।

    एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद इल इमानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार कतार एयरवेज थप एक वर्षका लागि लिगको प्रायोजन गर्ने भएको छ ।



    कतार एयरवेजले अघिल्लो संस्करणको लिगमासमेत मुख्य प्रायोजकको रुपमा प्रायोजन गरेको थियो । यही मङ्सिर ३ गतेदेखि आयोजना हुने ‘ए’ डिभिजन लिगमा विभिन्न १४ टोली सहभागी छन् । यसमा त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, सङ्कटा फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब र हिमालयन शेर्पा फुटबल क्लब छन् ।



    त्यसैगरी सातदोबाटो फुटबल क्लब, मनाङ मस्र्याङदी फुटबल क्लब, थ्रि स्टार फुटबल क्लब, एनआरटी फुटबल क्लब, फ्रेण्ड्स फुटबल क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब र बिग्रेड ब्वाइज फुटबल क्लब छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

    उक्त प्रतियोगिताको खेलको लागि साधारणतर्फ टिकट दर रु एक सय र भीआइपीतर्फ रु पाँच सय मूल्य निर्धारण गरिएको छ । यसपटक अन्तिम स्थानमा रहने दुई टोली रेलिगेसनमा पर्नेछन् । लिग बिजेता टोलीले रु ७५ लाख तथा उपविजेताले रु ५० लाख पाउनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार